बाजुरामा बाढिले बगाएको काठे पुल बनाउन अाफै जुटे जनप्रतिनिधि

ई-साझाकुरा, भदौ ६

बाजुरामा बाढीले बगाएको काठे पुल बनाउन जनप्रतिनिधि आफैँ जुटेका छन् ।

unn.prixa.net

गएको साउन २५ गते आएको बाढीका कारण पुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा आवतजावत नै बन्द भएको थियाे । अहिले पुल बगाएको ठाउँ बुढिनन्दा नगरपालिका–२ धोपेगाडमा काठे पुल हालिएको छ ।

सुदूरपश्चिम प्रदेश सांसद वल्देव रेग्मी, बुढिनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत बिक, बुढिनन्दा नगरपालिका वडा नं चारका वडाअध्यक्ष राजनकुमार रोकाया लगायत स्थानियबासीको सक्रियतामा खोलामा पुल हालिएको वडाअध्यक्ष राजनकुमार रोकायाले जानकारी दिनुभयो ।

खोलामा काठेपुल बगाउँदा कोल्टी, र्मातडी, पाण्डुसैन, बिर्सैन र छातिकोट लगायतका ठाँउका आवतजावतमा समस्या भएको थियो ।

प्रतिक्रिया