

वाणगंगामा दिउसै हुन थाले चोरीका घटना



भदौ ६ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा दिउसै चोरीका घटना समेत हुन थालेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ६ मा आज दिउसै चोरी भएको हो । वडा नम्बर ६ भग्लापुर बस्ने सुजन भुसालको घरमा चोरी भएको स्थानियले बताएका छन् । यस अघि पनि भुसालका अंकल राजु भुसालको घरमा देउसो १२ बजे को समय मै चोरी भएको थियो । घर पछाडी परिवार को सदस्यले घाँस काटेर फर्क्ने क्र्ममा चोरी गर्ने मानिस घरभित्रबाट निस्किएको देखेको बताए । चोरी गर्ने मानिस भने फरार भएको परिवारले बताए । प्रहरीका अनुसार दराजमा राखिएको नगद रु. १९ हजार एक थान मोवाई पनि चोरी भएको छ ।
प्रत्येक्ष दर्सीका अनुसार चोरी गर्ने मानिस कालो रङको मोटरसाइकल चढि आएको करिब पाँच फिट उचाई भएको उनीहरुको भनाई छ । उता कोरोना माहामारीका बिचमा भएको चोरीका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोसिले बताउनुभयो । चोरी गर्ने मानिस कालो रङको मोटरसाईकलमा आएको भनिए पनि उसको वास्तविक पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धन भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया