

बाणगंगामा कन्ट्रयाक्ट ट्रेसिङ थालियो



ई–साझाकुरा, भदौ ६
समुदाय स्तरमै कोरोनाको प्रकोप बढदै गएको वाणगंगा नगरपालिकामा आज देखि संक्रमितहरुको कन्ट्रयक्ट ट्रेसिङ सुरु गरिने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा समुदाय स्तरका कोरोना संक्रमितहरुको संख्य ६ रहेको छ । सक्रिय संक्रमित छ जना मध्ये एक जनाको पहिलेनै लिईसकिएको छ भने आज पाँच जना संक्रमितको सम्पर्कमा आएकाहरुको विवरण संकलन गरिने नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

ब्यापारी, सामाजिक कार्यकर्ता र अन्य समुदायमा घुलमिल भएका ब्यक्तिमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको विवरण तयार गरि स्वब परिक्षणको दायरामा ल्याउने नगरपालिकाको तयारी छ । शुक्रबार मात्र वाणगंगामा ५ जनामा कोरोना पुष्टि भएको थियो । नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघको संयुक्त पहलमा २ सय ८९ जनाको स्बाब संकलन भएकोमध्ये ९० जनाको रिपोर्ट आइसकेको छ । यो सँगै वाणगंगामा अन्य जोखिमयुक्त क्षेत्रका नागरिकको पनि पिसिआर परिक्षणको तयारी पनि गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया