


विराटनगरमा कोराना संक्रमित ४५ बर्षीया पुरुषको घरमै मृत्यु



ई–साझाकुरा, भदौ ५
विराटनगर महानगरपालिका ६ का कोरोना संक्रमित ४५ बर्षीया पुरुषको विहीबिार राती घरमै मृत्यु भएको छ । भदौ ३ गते कोरोना पुष्टि भएपछि उहाँ आफ्नै घरको होम आइसोलेसनमा बस्दै आउनु भएको थियो ।
दश बर्ष देखी सुगरको विरामी भए पनि उहाँको स्वाथ्य अवस्था सामान्य रहेको वडा ध्यध्यक्ष बिजय कामतले जानकारी दिनु भयो । विराटनगरमा संचालित आइसोलेसन खालि नभएका कारण उहाँ आफ्नै घरमा छुट्टै बस्दै आउनु भएको अध्यक्ष कामतले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका भित्र ७ सय ४३ जना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आइसोलेसनमा बसेका छन् । आइसोलेसन अस्पताल र आइसोलेसन केन्द्रहरुमा ठाँउ नभएका कारण संक्रमितहरु होम आइसुलेसनमा बसिरहेका छन् । पछिल्लो समयमा विराटनगर महानगरपलिकाले क्वारेन्टाइनलाई आसोलेसन सेन्टर बनाउन थालेको छ ।
दिनहु संक्रमितको संख्या बड्न थालेपछि आइसोलेसनमा संक्रमितहरु अट्न छाडेका छन् । विराटनगरमा यो सहित मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतकको शव मोरङको थलाहा स्थित सुर्यदल गण नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने अध्यक्ष कामतले जानकारी दिनु भयो ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया