
स्वास्थ्यकर्मीलाई ७ दिनभित्र आवास खाली गर्न नगरपालिकाको पत्र

काठमाडौं – दक्षिणकाली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलका अन्य ४ स्वास्थ्यकर्मीलाई ७ दिन भित्र आवास खाली गर्न पत्र पठाएको छ।

हेल्थ असिष्टेन्ट सुशिला काप्री, अनमी राधा कुवँर, सिअनमी सुमित्रा खड्का र सिअहेव इन्द्रकला बेल्बासेलाई निर्णय कार्यान्वयका लागि बोधार्थ पठाएको छ।
कोरोना भाइरस संक्रमणको बढ्दो संख्यासँगै स्वास्थ्यकर्मीहरुलाई सामाजिक समस्या परिरहेको अवस्थाले नगरपालिकाले पनि आवास छोड्न भनेको छ।
पछिल्लो समय कोरोना भाइरसको त्रासका कारण स्वास्थ्यकर्मीहरुलाई उनीहरु बसेको समुदाय, घरबेटी लगायतबाट विभिन्न खाले तनाव दिने, समुदाय वा घर छोड्न धम्की दिनेजस्ता कार्य भइरहेको छ।
यस्तो अवस्थाले नगरपालिकाले भने भदौ २ गते प्राथमिक स्वास्थ्य केन्द्र, चाल्नाखेलका प्रमुख डा सरीता विकलाई पत्र पठाउँदै मेडिकल डाक्टरले प्रयोग गरेको बाहेक स्वास्थ्यकर्मीहरुले प्रयोग गरेको स्थान खाली गर्न भनेको हो।
नगरपालिकाका योजना तथा प्रकाशकीय अधिकृत दीपककुमार केसीले स्वास्थ्यकर्मी बसेको आवासमा आइसोलेसन सेन्टर स्थापन गर्नुपर्ने भएको भन्दै ७ दिनभित्र आवास खालि गर्न पत्र पठाएका छन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया