

वाणगंगा ११ का किसानलाई दिइयो औषधि र परामर्श



भदौ २ कपिलवस्तु / कपिलवस्तुको वाणगंगा नगरपालिका वडानम्बर ११ का किसानहरुलाई वडा कार्यालयले धान बालीमा लाग्ने रोग नियन्त्रणका लागि परामर्श तथा सल्लाह प्रदान गरेको छ । किसानहरुको मुख्य बालीको रुपमा रहेको धान बालीमा लागेको राते ,डडुवा लगायत विभिन्न खाले रोगहरुको नियन्त्रण । त्यसको रोकथामका लागि औषधि तथा परामर्श प्रदान गरिएको वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । विशेष गरी बालीमा लाग्ने विभिन्न रोगबाट पिडित किसान दाजु भाईलाई औषधी तथा परामर्श दिइएको हो । बाली संरक्षणका लागि वडाको तर्फबाट भएको सहयोग र परार्शले विशेष सहयोग मिलेको किसनहरुले बताएका छन् । नगरपालिकाको कृषि शाखाको सगयोगमा वडा कार्यालयले कार्यक्रको आयोजना गरेको हो । नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर के.सीको नेतृत्वमा कृषि अधिकृत धनिराम आचार्य,सन्तोष पौडेल, वडा सचिव राम प्रसाद सापकोटा लगाएत वडा सदस्यहरुको विशेष उपस्थितिमा कार्यक्रम गरिएको वडा अधयक्ष अर्यालले जानकारी दिनुभयो । कोभिड १९ को महामारिका बिचमा पनि पुर्ण रुपमा सामाजिक दुरी कायम गर्दै औषधी बितरण गरिएको वडा अध्यक्ष्य एवंम नगरपालिकाका आर्थिक बिकास समिति संयोजक सोमनाथ अर्यालले जानकारी दिनुभएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया