

वाणगंगा ११ मा किसानलाई दिइयो कृषि औषधि र परामर्श



भदौ २ कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडानम्बर ११ का किसानहरुलाई वडा कार्यालयले धान बालीमा लाग्ने रोग नियन्त्रणका लागि परामर्श तथा सल्लाह प्रदान गरेको छ । किसानहरुको मुख्य बालीको रुपमा रहेको धान बालीमा लागेको राते ,डडुवा लगायत विभिन्न खाले रोगहरुको नियन्त्रण । त्यसको रोकथामका लागि औषधि तथा परामर्श प्रदान गरिएको वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । विशेष गरी बालीमा लाग्ने विभिन्न रोगबाट पिडित किसान दाजु भाईलाई औषधी तथा परामर्श दिइएको हो । बाली संरक्षणका लागि वडाको तर्फबाट भएको सहयोग र परार्शले विशेष सहयोग मिलेको किसनहरुले बताएका छन् । नगरपालिकाको कृषि शाखाको सगयोगमा वडा कार्यालयले कार्यक्रको आयोजना गरेको हो । नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर के.सीको नेतृत्वमा कृषि अधिकृत धनिराम आचार्य,सन्तोष पौडेल, वडा सचिव राम प्रसाद सापकोटा लगाएत वडा सदस्यहरुको विशेष उपस्थितिमा कार्यक्रम गरिएको वडा अधयक्ष अर्यालले जानकारी दिनुभयो । कोभिड १९ को महामारिका बिचमा पनि पुर्ण रुपमा सामाजिक दुरी कायम गर्दै औषधी बितरण गरिएको वडा अध्यक्ष्य एवंम नगरपालिकाका आर्थिक बिकास समिति संयोजक सोमनाथ अर्यालले जानकारी दिनुभएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया