

बुटवलको आइसीयूमा दिनदिनै थपिन्छन् संक्रमित, एकहप्तामै हुनसक्छ आइसीयू बेडको अभाव



ई–साझाकुरा, भदौ २
हप्ता अगाडि खालीजस्तै भएको बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा संक्रमितहरु भर्ना हुने क्रम तिब्र रुपले बढेको छ।
अस्पतालको ८ बेडको सघन उपचार कक्ष आइसियु भरिएपछि बेडहरु थप गरिएको छ। आइसियुमा अहिले १० बेड थपेर १८ पु¥याइएको छ। अहिले कोरोना अस्पतालको आइसियुमा १२ जना बिरामी भर्ना भएका छन्।
‘८ वटा मात्र थियो, बेड नपुगेकाले तत्कालै बेड थप्न पर्यो’–कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने–‘बेड थपेपछि १२ वटामा बिरामी हुनुहुन्छ ६ वटा अझै खाली छन्।’
कोरोना अस्पतालको आइसियुमा एक दिनमा दुइ देखि तिन जना बिरामीहरु थपिने गरेका छन्। यही गतिमा आइसियुमा बिरामी थपिदै गएमा गम्भीर लक्षण देखिएका कोरोना संक्रमितलाई छिट्टै बेड अभाव हुने देखिन्छ। ‘यही रफ्तारले गयो भने एक हप्ता भित्रै बेडको अभाव हुन सक्छ’–डा थापाले भने।
कोरोना अस्पतालको आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम जारी छ। ३६ बेडको आइसोलेसन कक्षमा २१ जना भर्ना भएर बसेका छन्।
विगतमा भारतबाट आएर क्वारेन्टिन बसेकाहरुमा मात्र कोरोना संक्रमण देखिने गरेको थियो। तर पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण तिब्र रुपले फैलिएको छ। त्यसमा पनि बिरामीहरुमा लक्षण देखिएका छन्।
सामान्य लक्षण देखिएका कोरोनाका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ। तर तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिन्छ।
बुटवलको कोरोना अस्पतालमा आइसियुमा रहेका मध्ये ६० प्रतिशत बिरामी कपिलवस्तु जिल्लाका हुन्। बाँकी रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र दाङका छन्। आइसियुमा रहेकाहरुमा खोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ। ‘कडा खालको निमोनिया देखिएको छ, एक जना त आज भेन्टिलेटरमै हुनुहुन्छ’–डा थापाले भने।
आइसियु भरिएमा कोरोना विशेष अस्पतालमा आएका सामान्य बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने हुन्छ। त्यसको लागि भैरहवाको भीम अस्पताल एउटा विकल्प हुन सक्छ।
त्यसबाहेक निजी अस्पताल वा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा चलाउनुपर्ने अवस्था आउन सक्नेमा चिकित्सकहरु तयार देखिन्छन्।
लुम्बिनी प्रादेशिक अस्पतालसँगै प्रदेश ५ मा हाल कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल भैरहवा, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन्। भीम अस्पतालले कोरोना संक्रमित सबैलाई डिस्चार्ज गरेपछि पुनः नियमित सेवा शुरु गरिसकेको छ।
लक्षण नदेखिएका संक्रमितहरुलाई सामुदायिक आइसोलेसन र होम आइसोलेसनमा राख्ने गरिएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया