

चितवनमा सशस्त्र प्रहरीका ४२ जनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि

ई–साझाकुरा, भदौ २
चितवनमा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । तीमध्ये ४२ जना सशस्त्र प्रहरी रहेका छन् ।
पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४० पुरुष र २ महिला छन् । उनिहरु १९ देखि ५५ वर्ष उमेर समूहका हुन् ।
कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएकाे हाे । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।
यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरको सेन्ट्रल अस्पताल,आशा अस्पताल र पुस्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।
सोमबार कुल ३ सय ५५ नमुना परीक्षण गरिएको थियो।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया