

नोबेल अस्पतालको तयारी, सरकारले तोकेको भन्दा आधा शुल्कमै कोरोना परीक्षण



ई–साझाकुरा, भदौ १
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले २ हजार ६ सय रुपैयाँमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। यो शुल्क सरकारले तोकेको भन्दा आधा कम हो।
सरकारले सशुल्क कोरोना परीक्षणको लागि ५ हजार ५ सय रुपैयाँ तोकेको छ। अस्पतालका निर्देशक डा. राजेश नेपालले आउने साताबाट परीक्षण सुरु गर्ने जनाएका छन्।
उनले मोडिफाइड पिसिआर मेसिनबाट परीक्षण सुरु गर्न लागिएको बताए।
‘यो प्रविधिको मेसिन नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको हो। यसलाई मोडिफाइड पिसिआर मेसिन भनिएको छ,’ उनले भने, ‘हामी पहिले यसको विश्वसनीयता कति छ भनेर ट्रायल गर्छौं र सोचेअनुसार नतिजा आउने साताबाटै परीक्षण गर्छौं।’
उनले मेसिनमा आउने नतिजाको गुणस्तर शंकास्पद आए मेसिन प्रयोगमा नल्याइने जनाए। यसमा पिसिआर मेसिनको प्रयोग भए पनि यो पिसिआर परीक्षण भने होइन।
यो परीक्षणलाई एन्टिजेन टेस्ट भनिएको छ। यद्यपी यसमा पनि स्वाबबाटै परीक्षण गरिने निर्देशक नेपालले जनाए। यो मेसिनबाट कोरोना परीक्षण गर्दा आइएनए छुट्याउनु नपर्ने उनी बताउँछन्।
निर्देशक नेपाल भन्छन्, ‘अहिले पिसिआर परीक्षण गर्दा सबैभन्दा समय खर्च भएकै आरएनए छुट्याउनलाई हो। तर यसमा छुट्याउनु पर्दैन। स्वाब सिधैं हालेपछि संक्रमण छ/छैन भनेर एकीन गर्छ।’
उनले यो मेसिनले दुई देखि तीन घण्टामै नतिजा दिने दाबी गरेका छन्। सरकारले निजी प्रयोगशालाहरूलाई समेत सशुल्क कोरोना परीक्षणको अनुमति दिएपछि नोबेल अस्पताल पनि परीक्षणको लागि अघि सरेको हो।
निर्देशक नेपालले नोबेल अस्पतालका विरामीका लागि २ हजार र बाहिरका विरामीका लागि २ हजार ६ सय रुपैयाँ परीक्षण शुल्क तोकिएको जनाए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया