

कुलमानको कमाल : विद्युत् प्राधिकरण बन्यो सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान

ई–साझाकुरा, भदौ १
गत वर्ष ११ अर्ब ५ करोड नाफा
नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४/७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताए । विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उद्धेश्य लिएको छ ।
प्राधिकरणले २०७२/७३ मा २५ प्रतिशत रहेको विद्युत् चुहावटलाई २२.९ प्रतिशत, २०.४५ प्रतिशत, १५.५२ प्रतिशत हुँदै चौथो वर्षसम्म १५.२७ प्रतिशतमा झारेको जनाएको छ । अबका वर्षहरुमा यस्तो चुहावट १० प्रतिशत भन्दा तल झार्ने लक्ष्य लिएको छ ।
प्रसारण लाइनतर्फ समेत प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ । ४ वर्षअघि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ४ हजार २ सय ७५ किलोमिटर पुगेको तथा २६ हजार वितरण ट्रान्सफर्मरको संख्या समेत बढेर ३५ हजार ५ सय पुगेको र आगामी ४ वर्षभित्र थप १० हजार ट्रान्सफर्मर थप गरिने योजना रहेको समेत जनाएकोे छ ।
त्यस्तै, चार वर्षअघि ८ सय १ मेगावाट रहेको विद्युत्को आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको, ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत् निर्माणको चरणमा रहेको जनाइएको छ । अहिले विद्युत्को क्षेत्रमा ५ खर्ब रुपैयाँको थप लगानी सुनिश्चित भएको जनाइएको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया