

चितवनमा हवाई फायर


ई–साझाकुरा, भदौ १
चितवनको राप्ती नगरपालिका-१ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा सोमबार प्रहरीले हवाई फायर गरेको छ।
करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए।
कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले त्यहाँ निषेधाज्ञाको निर्णय गरेको थियो। सो निर्णय नमान्ने भन्दै स्थानीयहरू प्रदर्शनमा निस्केका थिए।
‘सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले छेउमा गएर सम्झाइ-बुझाइ गर्न सकिएन, एक राउन्ड हवाई फायर गरेर मानिसहरूलाई भगाइएको हो,’ लामाले भने।
हवाई फायर भएपछि स्थिति सामान्य अवस्थामा आएको लामाले बताए।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया