

बेनी–जोमसोम यात्रा जोखिमपूर्ण



ई–साझाकुरा, भदौ १
मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भए । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएका हुन् । पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महिनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन् । साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।

गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ । ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए ।
राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए ।
रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ । सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया