
सैनामैनामा भदौ ७ सम्म लकडाउन




भदौ १ रुपन्देही । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ ।
नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार र व्यवसाय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने र अन्य सबै खाले निजी तथा सार्वजनिक सवारी सधान चल्न नपाउने पन्थीले बताए ।
नगरपािलकाले काारोना संक्रमणाट जोगिन आवशयक व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी सुरक्षित रहन नगरवासीमा अपील गरेको छ । यसअघि रुपन्देहीमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि लकडाउन गरिसकेका छन् ।
हालसम्मको तथ्यांक अनुसार सैनामैनामा सैनामैना नगरपालिकामा ४३ जनासहित रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया