

सैनामैनामा भदौ ७ सम्म लकडाउन



भदौ १ रुपन्देही । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ ।
नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार र व्यवसाय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने र अन्य सबै खाले निजी तथा सार्वजनिक सवारी सधान चल्न नपाउने पन्थीले बताए ।
नगरपािलकाले काारोना संक्रमणाट जोगिन आवशयक व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी सुरक्षित रहन नगरवासीमा अपील गरेको छ । यसअघि रुपन्देहीमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि लकडाउन गरिसकेका छन् ।
हालसम्मको तथ्यांक अनुसार सैनामैनामा सैनामैना नगरपालिकामा ४३ जनासहित रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया