

एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि


ई–साझाकुरा, साउन ३१
रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका संक्रमित भेटिएको रुपन्देहीमा पहिलो घटना भएको बताए।
शाहले शनिबार भैरहवामा १४ जना संक्रमित थप भएको र २ जना सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बेलहियाका रहेका छन्। यसअघि साउन २६ गते सिद्धार्थनगर क्षेत्रमा संकलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षण गर्दा एसबिआइ बैंकका एक जना कर्मचारीमा मात्र संक्रमण पुष्टि भएको थियो।
तिनै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा बैंकका थप १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको शाहले बताए। कर्मचारीमा संक्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय बन्द गरिएको छ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया