

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका दुईजनामा कोरोना पुष्टि



ई–साझाकुरा, साउन ३०
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका दुईजना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उनीहरुमध्ये एकजना कपिलवस्तु र एकजना प्युठानका हुन् । दुवैजना पुरुष हुन् । बुधबार कपिलवस्तु र प्युठानबाट उपचारका लागि आएका उनीहरु आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका थिए ।
दुवैजनामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको र कपिलवस्तुका बिरामीलाई जिल्ला अस्पतालले रेफर गरेको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।
उनीहरुमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले बताए ।
उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि बिहीबार दिउँसो केहीबेर सेवा स्थगित गरेर अस्पताललाई सेनिटाइज गरेर उपचार सेवा सुरु गरिएको गौतमले बताए ।
कोरोना संक्रमित दुवै बिरामीलाई धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया