प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका दुईजनामा कोरोना पुष्टि

ई–साझाकुरा, साउन ३०

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका दुईजना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनीहरुमध्ये एकजना कपिलवस्तु र एकजना प्युठानका हुन् । दुवैजना पुरुष हुन् । बुधबार कपिलवस्तु र प्युठानबाट उपचारका लागि आएका उनीहरु आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका थिए ।

दुवैजनामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको र कपिलवस्तुका बिरामीलाई जिल्ला अस्पतालले रेफर गरेको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

उनीहरुमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले बताए ।

उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि बिहीबार दिउँसो केहीबेर सेवा स्थगित गरेर अस्पताललाई सेनिटाइज गरेर उपचार सेवा सुरु गरिएको गौतमले बताए ।

कोरोना संक्रमित दुवै बिरामीलाई धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

प्रतिक्रिया