

निर्माणाधीन ३ सालिक तोडफोड र आगजनी, संलग्नमाथि कारवाहीको माग


ई–साझाकुरा, साउन ३०
किरात धर्मका प्रवर्धक तथा १६ औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देनको निर्माण भइरहेको सालिकमा आगजनी भएको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका खेजेनिमस्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङ्मायक माङ्हिममा साेमकार राति तोडफोड भएको हो । अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरेकाे स्थानीयले बताएका छन् ।
घटनाप्रति किरात धर्म तथा साहित्य उत्थान संघले आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि पनि ताप्लेजुङका विभिन्न स्थानमा निर्माणाधीन महागुरू फाल्गुनन्द लिङ्देनको सालिकमा तोडफोड भएको बताइएकाे छ ।
किरात धर्म तथा साहित्य उत्थान संघले यसअघि ताप्लेजुङ, तेह्रथुम र संखुवासभा तीन जिल्लाको संगमस्थलमा पर्ने मेन्छ्यायेम कोक्मामा पर्ने निर्माणाधीन मेन्छ्यायेम युमा माङ्हिम, त्यस्तै फक्तालुङ गाउँपालिका ताप्लेजुङ साविक लेलेप गाविसमा पर्ने तागेर निवाभू फुकु कोपियक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा रातको समयमा तोडफोड भएको उल्लेख गर्दै यस कार्यमा संलग्नको पहिचान गरी कडा कानुनी कारवाही गर्न स्थानीय सरकार तथा नेपाल सरकार समक्ष माग गरेको छ ।
उसले एक बिज्ञप्ति जारी गर्दै यस्तो घटना गराउने कामलाई विध्वसंकारी, असामाजिक एंवम् अपराधिक गतिविधी भनेको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया