

निर्माणाधीन ३ सालिक तोडफोड र आगजनी, संलग्नमाथि कारवाहीको माग



ई–साझाकुरा, साउन ३०
किरात धर्मका प्रवर्धक तथा १६ औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देनको निर्माण भइरहेको सालिकमा आगजनी भएको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका खेजेनिमस्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङ्मायक माङ्हिममा साेमकार राति तोडफोड भएको हो । अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरेकाे स्थानीयले बताएका छन् ।
घटनाप्रति किरात धर्म तथा साहित्य उत्थान संघले आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि पनि ताप्लेजुङका विभिन्न स्थानमा निर्माणाधीन महागुरू फाल्गुनन्द लिङ्देनको सालिकमा तोडफोड भएको बताइएकाे छ ।
किरात धर्म तथा साहित्य उत्थान संघले यसअघि ताप्लेजुङ, तेह्रथुम र संखुवासभा तीन जिल्लाको संगमस्थलमा पर्ने मेन्छ्यायेम कोक्मामा पर्ने निर्माणाधीन मेन्छ्यायेम युमा माङ्हिम, त्यस्तै फक्तालुङ गाउँपालिका ताप्लेजुङ साविक लेलेप गाविसमा पर्ने तागेर निवाभू फुकु कोपियक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा रातको समयमा तोडफोड भएको उल्लेख गर्दै यस कार्यमा संलग्नको पहिचान गरी कडा कानुनी कारवाही गर्न स्थानीय सरकार तथा नेपाल सरकार समक्ष माग गरेको छ ।
उसले एक बिज्ञप्ति जारी गर्दै यस्तो घटना गराउने कामलाई विध्वसंकारी, असामाजिक एंवम् अपराधिक गतिविधी भनेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया