

हेलिकप्टरमा सिन्धुपाल्चोक गए सभामुख सापकोटा



ई–साझाकुरा, साउन ३०
सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् ।
सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।

टोलीबाट हुने प्रारिम्भक ब्रिफिङका आधारमा थप मद्दत टोली पनि पठाइने उनले बताए । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको उनले बताइन् ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया