

स्वाब दिएपछि घरबाहिर ननिस्कौँ, रिपोर्ट नआउञ्जेल आइसोलेशनमा बसौँ : स्वास्थ्य मन्त्रालय



ई–साझाकुरा, साउन २९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले स्वाब परीक्षणका लागि दिइसकेपछि अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नुभएको छ ।
नमुना परीक्षणको रिपोर्ट आएपछि सम्पर्कमा रहेकाहरुलाई खबर गर्न पनि उहाँको अनुरोध छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै घुमफिरमा निस्कँदा पछि सङ्क्रमण पुष्टि हुँदा सम्पर्कमा आएकाहरुको खोजी गर्न समस्या भएको मन्त्रालयले जनाएको छ ।
साथै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमण भएको आशङ्का भएमामात्र स्वाब परीक्षण गर्न आग्रह गरेको छ । तर कतिपयले स्वाब परीक्षणका लागि दिइसकेपछि पनि घरबाहिर घुम्ने गरेको पाइएको र यसले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया