

महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि




महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
महोत्तरीको मठियानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको दाह संस्कारपछि कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले बताए।
मधुमेह र फोक्सोका रोगी रहेका संक्रमित पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरधामको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो।
मृत्यु पछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए। तर रिपोर्ट आउन भन्दा पहिला नै शवलाई जलाइएको छ।
यता मृत्कको दाहासँस्कारमा गएका र सम्पर्कमा आएका करिब ५६ जना स्वाब अहिले कलेक्शन भईरहेको मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।
अहिले मठियानीको बजार क्षेत्र र वार्ड नं ६ पुर्ण रुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया