

प्युठानमा संक्रमण बढ्दो, आज ७ जना नेपाली सेनामा कोरोना पुष्टी


साउन २७ प्युठान
प्युठानमा घरविदा सकेर क्याम्पमा फर्किएका ७ जना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको छ। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक जवानमा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
मंगलबार एकै दिन थप १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणमा गरिएकोमध्ये २५ देखि ३६ वर्ष उमेर समुहका छन्। एक जना माण्डबी गाउँपालिका र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो।
त्यस्तै माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी माण्डवी गाँउपालीकाको कार्यालय शिल गरिएको छ। गाँउपालीकामा कार्यरत ३७ वर्षिय एक पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीका कार्यालय शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले वताउनु भयो। कार्यलय शिल गरि सम्पर्क परिक्षणको तयारी भईरहेको माण्डवी गाँउपालीकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले वताउनु भयो ।


खबर सबै
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन






प्रतिक्रिया