

विकास निर्माणमा प्रयोग गरिएका सवारी तीन महिना सम्म पनि प्रहरीको कब्जामा


साउन २६ कपिलवस्तु / कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल टोलविकास संस्था अन्र्तगत भईरहेको सडक निर्माण तथा सडकको स्तोरोन्नतीमा प्रयोग भएका निर्माण सवारीसाधन प्रहरीको नियन्त्रमाण रहेको झण्डै तीन महिना भयो अझै पनि सवारीधनीले आफ्ना सवारी फिर्ता लिन पाएका छैनन् ।
गत जेठ ७ गते टोलविकास संस्थाकै निर्णयमा जेठ १० गते देखि स्थानिय सन्तोष मरासिनीको निर्माण सवारी साधनहरुको प्रयोग गरी सडक स्तरोन्नती र तटबन्ध निर्माणको काम सुरु भएको थियो । तर काम संचालन गर्न नपाउँदै ईलाका प्रहरी कार्यालय पिपराको टोलीले निर्माणमा प्रयोगका लागि लगिएका सवारी साधन आफ्नो नियन्त्रणमा लियो । झण्डै तिन महिना हुँदा पनि प्रहरीले गाडिहरु आफ्नै नियन्त्रणमा राखेको छ भने टोल विकास संस्थाका अध्यक्ष अर्जुन प्रसाद वेल्वासेले प्रहरीलाई गाडि फिर्ताका लागि पटकपटक आग्रह गरे पनि प्रहरीले नसुनेको बताएका छन्। त्यस्तै सवारीधनी सन्तोष मरासीनि समेत पटकपटक प्रहरी समक्ष सवारी फिर्ताका लागि गएपनि कुनै सुनुवाई नभएको बताउनुभयो । निमाण कार्यमा लैजादै गर्दा सडकबाट नियन्त्रणमा लिएका सवारी साधनको प्रहरीले नदिमै नियन्त्रणमा लिएको दावी गर्दै आएको मरासिनीले बताउनुभयो । अहिले आफ्ना सवारी साधन फिर्ताको माग गर्दै जिल्ला समन्वय समिति समक्ष पनि निवेदन दर्ता गराएको जानकारी दिनुभयो । स्थानिय भद्रभलाद्मीहरु, टोलविकास संस्था, उद्योगवाणिज्य संघ, नागरिक समाज तथा जिल्लाका विभिन्न निकायहरुले समेत सावरी साधन निसर्त छोड्नुपर्ने बताईरहेका छन् । उता प्रहरीले भने आफ्नो अडान नछाड्ने प्रबृत्ति देखाईरहेको छ ।
हाल ईलाका प्रहरी कार्यालय पिपरामा एउटा जेसिबी, र तीनवटा ट्याक्टर रहेका छन् । अवैध धन्दामा प्रयोग भएको भन्दै प्रहरीले जरिावना नतिरे सम्म कुनैपनि हालतमा नछोड्ने दावी गरेको छ । यता वाणगंगा नगरपालिकाको कार्यालय र वडा नम्बर ८ को वडा कार्यालयले समेत सवारी साधन फिर्ताका लागि परिपत्र समेत गरेका छन् । नगरपालिका र वडाको परिपत्रलाई समेत लत्याउँदै प्रहरीले आफ्नो ढिपि भने छोडेको छैन । वडाको सडक विस्तारका लागि लैजादै गर्दा बाटोबाटै प्रहरी सवारी साधन अनाहाकमा नियन्त्रणमा लिदा आफु मर्कामा परेको गुनासो गर्नुृभएको छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया