

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ८ सय १३ पुग्यो


ई–साझाकुरा, साउन २४
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ८ सय १३ रहेको छ ।
शुक्रवार गएिको परिक्षणमा सतीप्रादेशिक अस्पतालमा १७ र रास्ट्रिय जन–स्वास्थ्य प्रयोगशालामा २ जना संक्रमण पुष्टि भएसंगै सकृय संक्रमितको संख्या ८ सय १३ पुगेको हो । सक्रिय संक्रमितमध्ये अछामका १०८,बैतडीका, १६, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १९,डडेल्धुराका १३, रहेका छन् ।

त्यसैगरी डोटीका १६२, कैलालीका २३०, कंचनपुरका ६६, रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
हालसम्म निको हुने संख्या ३ हजार ९३८ छ भने मृत्यु ९ रहेकोसामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म ३९ हजार ८३ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३४ हजार ३२३ मा नेगेटिभ आएको उनले बताए ।
१ हजार ४५४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएका मध्ये १० हजार १९२ को पोजिटि आएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ७१८, बैतडीका ३२०, बझाङ्गका २८३ ,बाजुरा ४५२, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३२ , कैलालीका १३३३ र कंचनपुरका ५८३ गरि ४ हजार ७६० रहेका छन् ।
जसमा महिला १ हजार १६७ , पुरुष ३ हजार ५९३ रहेका छन । क्वारेन्टिाईनमा १ हजार ८९ पुरुष र ३ सय ८९ महिला रहेका छन् ।
प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ७७ गरी ९१ जनाको उपचार भइरहेको छ । ८६४ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
सेती प्रादेशिक अस्पतालमा ४, टिकापुर ३४ , महाकाली २५, अछाम १०, डोटी २ र मालाखेती अस्पतालमा २ जनाको उपचार भईरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया