

जिल्ला भित्रने कामदारका कारण डोल्पामा कोरोना जोखिम


इ–साझा कुरा, साउन २४, २०७७
डोल्पा : लकडाउन खुला भएसँगै जिल्ला भित्रने कामदारका कारण डोल्पामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ। छिमेकी जिल्ला रुकुम, जाजरकोट लगायतका जिल्लाहरूबाट कामको खोजीमा डोल्पा भित्रने कामदारबाट कोरोना संक्रमण जोखिम बढेको हो।

लकडाउन खुलेयता मात्रै एक हजारभन्दा धेरै मान्छे भित्रिएको डोल्पा प्रवेश गर्ने नाकामा रहेको प्रहरी चौकी खदाङले जानकारी दिएको छ। डोल्पामा कुन ठाउँमा कसले काम गराउने हो सबैको रेकर्ड राखेर कामदारलाई छाड्ने गरिए पनि कुनै परीक्षण नगरेरै गन्तव्यमा जान दिने गरिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपक केसीले जानकारी दिए।
जिल्लाको निर्देशन अनुसारनै कामदारलाई छाडिएको उनको भनाइ छ। कामको खोजीमा धमाधम नगरपालिका हुँदै जिल्ला भित्रन थालेपछि त्रिपुरासुन्दरी नगरपालिकाले पनि चिन्ता ब्यक्त गरेको छ। कुनै परीक्षणबिना नै जिल्लाका मुख्य बजारदेखि गाउँघरसम्म मान्छेहरू पुगेकाले भारतबाट आएको पनि हुनसक्ने आशंका गरेको छ।
भारत संक्रमण उच्च बिन्दुमा पुगिसकेपछि पनि रुकुम जारजरकोटमा पनि हजारौँ मान्छेहरू भित्रिएको र तिनै मान्छे घरमा कामबिहिन भएर डोल्पा भित्रिएको नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताए। उनीहरूबाट कोरोना संक्रमणको जोखिम बढेको छ, यस पटक यार्सागुम्बा संकलन नभएकाले डोल्पामा आर्थिक संकट छ, उनीहरूबाट कोरोना संक्रमणमात्रैको जोखिम छैन सुरक्षा थ्रेट पनि उत्तिकै छ’ उनले भने। काम गर्न आए पनि डोल्पाका स्थानीय सरकार र प्रशासनले समन्वय गरेर आरडिटी वा पिसिआर परीक्षण गरेर मात्रै गाउँगाउँमा जान दिनुपर्ने उनको भनाइ छ।
यता, प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले लकडाउन खुलेपछि सर्वसाधारणहरू आवागमन स्वभावैले बड्ने बताउँदै सुरक्षा सतर्कता पनि अपनाइ रहेको बताए। काम गर्न आउने मान्छे कहाँबाट आएका हुन्, कता जाने हुन्, कसको जिम्मा जाने हुन् सम्बन्धित ठेकेदार स्थानीय तहलाई जिम्मा लगाउने गरिएको प्रजिअ सुनारले बताए। वर्षेनी रुकुम र जाजरकोटका हजारौँ सर्वसाधारणहरू भारतपछि डोल्पामा धेरै कामको खोजीमा आउने गर्दछन्।
डोल्पामा यार्सागुम्बा संकलन गर्नदेखि विकास निर्माणका कामहरूमा समेत रुकुम जाजरकोटकै मान्छेहरू प्रयोग हुने गर्दछन्। डोल्पामा हालसम्म चारजनालाई कोरोना संक्रमण देखिएकोमा एक जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचार पनि निको भएर घर फर्किसकेका छन्। कोरोना लागेका सबै निको भएपछि डोल्पा कोरोनामुक्त भइसकेको छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया