

फिल्म ‘दिल बेचारा’को आकर्षण

मुम्बई । फिल्म ‘दिल बेचारा’ को गीति एल्बम यतिबेला भारतीय म्युजिक उद्योगमा आकर्षणको केन्द्र बनेको छ । मुकेश छाबडाको निर्देशन रहेको फिल्मको संगीतले लोकप्रियताको नयाँ उचाई समेत बनाएको छ । डिज्नी हटस्टारमा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्ममा सबैभन्दा बढी दर्शक पाउने फिल्म समेत बनेको छ ।
दर्शकले फिल्मको संगीतलाई धेरै माया दिइरहेका छन् । सोनी म्युजिक इन्डियाले दर्शकको अनुरोधमा फिल्मको एकअर्को गीत ‘मसखरी’ समेत सार्वजनिक गरेको छ । सुनिधि चौहान र हृदय गट्टाणीको स्वर रहेको गीतमा हासोमजाकको अलवा जिन्दगीको हर समस्या समाधान गर्ने सुझाव समेत रहेको छ ।सोनी म्युजिक इन्डियाका सीनियर निर्देशक सनुजित भुजबलले फिल्मका प्रसंशक, दर्शक तथा संगीकार ए आर रहमानका संगीतका फ्यानले गीत रिलिज गर्न अनुरोध गरेका बताए । ‘दर्शकको अनुरोधमा गीत रिलिज गरेर धेरै खुसी छौ’ उनले भने । गीतको शब्द अमिताभ भट्टचार्यले लेखेका हुन् ।
जोन ग्रीनको उपन्यास ‘द फल्ट इन और स्टार्स’ आधारित फिल्म ‘दिल बेचारा’ दुई आम मानिस किजी र मैनीको कथामा आधारित रहेको छ । जो घटना घटेपनि प्रेममा पर्दछन् । मुकेश छाबडा निर्देशिन फिल्ममा सुशांतसिंह राजपुत र संजना सांधी मुख्य भूमिकामा देखिएका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया