
फिल्म ‘दिल बेचारा’को आकर्षण




मुम्बई । फिल्म ‘दिल बेचारा’ को गीति एल्बम यतिबेला भारतीय म्युजिक उद्योगमा आकर्षणको केन्द्र बनेको छ । मुकेश छाबडाको निर्देशन रहेको फिल्मको संगीतले लोकप्रियताको नयाँ उचाई समेत बनाएको छ । डिज्नी हटस्टारमा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्ममा सबैभन्दा बढी दर्शक पाउने फिल्म समेत बनेको छ ।
दर्शकले फिल्मको संगीतलाई धेरै माया दिइरहेका छन् । सोनी म्युजिक इन्डियाले दर्शकको अनुरोधमा फिल्मको एकअर्को गीत ‘मसखरी’ समेत सार्वजनिक गरेको छ । सुनिधि चौहान र हृदय गट्टाणीको स्वर रहेको गीतमा हासोमजाकको अलवा जिन्दगीको हर समस्या समाधान गर्ने सुझाव समेत रहेको छ ।सोनी म्युजिक इन्डियाका सीनियर निर्देशक सनुजित भुजबलले फिल्मका प्रसंशक, दर्शक तथा संगीकार ए आर रहमानका संगीतका फ्यानले गीत रिलिज गर्न अनुरोध गरेका बताए । ‘दर्शकको अनुरोधमा गीत रिलिज गरेर धेरै खुसी छौ’ उनले भने । गीतको शब्द अमिताभ भट्टचार्यले लेखेका हुन् ।
जोन ग्रीनको उपन्यास ‘द फल्ट इन और स्टार्स’ आधारित फिल्म ‘दिल बेचारा’ दुई आम मानिस किजी र मैनीको कथामा आधारित रहेको छ । जो घटना घटेपनि प्रेममा पर्दछन् । मुकेश छाबडा निर्देशिन फिल्ममा सुशांतसिंह राजपुत र संजना सांधी मुख्य भूमिकामा देखिएका छन् ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया