

पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



ई–साझाकुरा, साउन २३
पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो।

सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा. शर्माले जानकारी दिए। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो। डा. शर्माका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो। कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो।
हीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो।
मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए। स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया