

कपिलवस्तुमा जिल्ला प्रशासनद्धारा कडाई ।। साउन ३२ सम्म अत्यावस्यक बाहेक अरु सबै बन्द गर्न निर्देशन ।।


साउन २२ कपिलवस्तु कलिवस्तुमा कोरोना संक्रमण समुदाय स्तरमै पुगेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा कडाई गर्ने घोषणा गरेको छ । आज एक सुचना जारी गर्दै कोरोनाको जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले साउन २३ गते शुक्रबार बिहान ५ बजे देखि साउन ३२ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा स्वरुपको कडाई गर्ने जनाएको हो । अत्यावस्यक सेवा बाहेकका सराकारी कार्यालय, बैँक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवा पूर्ण रुपमा बन्द गर्न जिल्ला प्रशासनले निर्देशन गरेको छ । त्यस्तै मालबाहक ढुवानीका साधन बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्न पनि निर्देशन गरिएको छ भने निजी सवारीका साधनहरु मोटरसाईकल र स्कुटर समेत जोर विजोर नम्बरका आधारमा संचालनको अनुमति दिइएको छ ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका निजी सवारी संचालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलद्धारा जारी सूचनामा कोभिड १९ को संक्रमणबाट कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेको तथा जनसम्पर्क अधिक हुने सरकारी कार्यालय, बैँक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा समेत संक्रमण देखिएको कारण कडाई गरिएको हो ।स्थानिय प्रशासन ऐन,२०२८ को दफा ६ को ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया