



ई-साझाकुुुरार कपिलवस्तु, साउन १६
समाजमा व्याप्त रहेको छुवाछुत प्रथा बिरुद्धको आवाज एक प्रेम कथामा आधारित तीज गीत “दमिनी” सार्वजनिक भएको छ । अविरल फिल्म्सको युटूव च्यानल देखि केहि समय अघि मात्र सार्बजनिक भएको हो । हेमराज नेपाली र शर्मिला गुरुङको स्वर, बिष्णु भट्राईको निर्देशन, असीम कंडेल क्षेत्री, आकृति तिमिल्सिना, पबित्रा सोमै मगर, तिलक पाण्डे, रीता पाण्डे, बिष्णु भट्राई र अजय पाण्डेको अभिनय रहेको छ ।
विशेष गरी सरकारले जातीय विभेद विरुद्धका विभिन्न ऐन नियम निर्माण गरेपनि समाजमा कार्यान्वयन नभएको जातीय विभेदलाई यथार्थलाई चित्रण गरिएको छ ।
खासगरी समाजमा भनिने तल्लो जातको माथिल्लो जातको युवा यूवतीबिच रहेको गहिरो प्रेम कहानीलाई समाजले तिरस्कृत गरी गाउँ नै निकाला गरि उनीहरु आफ््नो प्रेमलाई सफल बनाउँन धेरै टाढा जाने समाजको यथार्थतालाई भिडियोमा देखाईएको छ । आखीर जुन जातको भएपनि जात भन्दा ठुलो विचार र प्रेम हो भन्ने सन्देश उक्त भिडियोबाट एक प्रेम जोडिले दर्शाएको छ ।
भिडियो हेरेर आवश्यक प्रतिक्रिया दिन उक्त भिडियो टिमले आग्रह गरेको छ ।
भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया