

कोरोनाका कारण प्रदेश १ मा एक जनाको ज्यान गयो, वीरगञ्जमा स्वास्थ्यकर्मीलाई सङ्क्रमण


कोरोनाको कारण प्रदेश १ मा एक जनाको ज्यान गएको छ । प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो । हिजो पोजेटिभ रिपोर्ट आएका मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।

४५ वर्षका पुरुष दुई महिनाअघि सुनवर्षीको क्वरेण्टीनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सुनवर्षी नगरपालिकाका जनस्वास्थ्य प्रमुख किशोर मण्डलले जानकारी दिनुभयो ।
यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रदेश २ का सप्तरी र महोत्तरीका गरी दुई जनाको ज्यान गएको थियो । वीरगञ्जमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो बेलुका आएको परीक्षणको नतिजा अनुसार नारायणी अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया