
कोरोनाका कारण प्रदेश १ मा एक जनाको ज्यान गयो, वीरगञ्जमा स्वास्थ्यकर्मीलाई सङ्क्रमण




कोरोनाको कारण प्रदेश १ मा एक जनाको ज्यान गएको छ । प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो । हिजो पोजेटिभ रिपोर्ट आएका मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।
४५ वर्षका पुरुष दुई महिनाअघि सुनवर्षीको क्वरेण्टीनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सुनवर्षी नगरपालिकाका जनस्वास्थ्य प्रमुख किशोर मण्डलले जानकारी दिनुभयो ।
यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रदेश २ का सप्तरी र महोत्तरीका गरी दुई जनाको ज्यान गएको थियो । वीरगञ्जमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो बेलुका आएको परीक्षणको नतिजा अनुसार नारायणी अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया