
कालीकोटमा पहिरोले घर पुरिँदा दुई परिवारका ९ जनाको ज्यान गयो




साउन १४ , ई साझाकुरा
कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नाै जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो ।
वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उहाँसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उहाँ र उहाँकी ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको पनि विष्टले बताउनुभयो ।
गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया