पाल्पा रामपुरमा पितृ प्रसाद खाएका एउटै गाउँका ५० बढी बिरामी

पाल्पा- रामपुर ७ को मान बहादुर सुनारको निधनको १३ दिनको दिन प्रसाद खाएका गाउका ५० बढी बिरामी भएका छन् । पृती प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु बिरामी परेका हुन ।

बुवाको निधनमा खानामा बजारको पोके दुधको खिर, तरकारी र अचार खाएका ओम बहादुर सुनारले बताउनुभयो । रामपुर अस्पतालमा हिजो देखि नै उपचार गराएका र थपिएका गरि ३० जनाभर्ना भएका छन् ।

जसमध्य १३ जनालाई उपचारको लागि तानसेन रिफर गरिएको अस्पतालले जनाएको छ । बिरामी भएका सबै एकै गाउका हुन् । आइतबार उम्कने दिन १३ दिनमा खान पुगेका झण्डै सबै बिरामी छन् । अस्पतालमा राख्न बेडको समस्या भएको छ । एकै बेड दुई जना र खाली ठाउमा समेत बसेका छन उनीहरुलाई पखाला,ज्वरो र बान्ता हुने गरेको छ ।

प्रतिक्रिया