

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु





ई–साझाकुरा,साउन २२
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् ।
विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै












प्रतिक्रिया