कोरोना संक्रमितको संख्या दुई लाख ४६ हजार नाघ्यो

मंसिर २६, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३२ हजार आठ सय ७२ पुगेको छ ।
अब नेपालमा १२ हजार एक सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय १९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ७४ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै