

विश्वभर फेसबुक मेसेन्जर डाउन भयो,प्रयोगकर्ताहरु रुस्ट



मंसिर, २५ काठमाडौं ।
फेसबुक मेसेन्जर डाउन भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका छन् ।
अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार यो आउटेज समस्याका कारण लाखौं प्रयोगकर्ताले मेसेन्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन् । यस्तो समस्या नेपाल मात्र होइन बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका अन्य देशका फेसबुक प्रयोगकर्ताहरुले पनि सामना गरिरहेका छन् ।
डाउन डिटेक्टरका अनुसार प्रत्येक मिनेट २४ सय प्रयोगकर्ताले मेसेन्जर लगईन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।
डाउन डिटेक्टरमा गुनासो गर्ने आधाभन्दा धेरै प्रयोगकर्ताहरुले सन्देश प्राप्त गर्न नसकिरहेको उल्लेख गरेका छन् भने ३१ प्रतिशतले सर्भर नै नभएको र १५ प्रतिशतले लगईन नभएको बताएका छन् । सामाजिक सञ्जालमा समेत प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन् ।
यस समस्याको कारण र कुन समयमा समाधान हुन्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया