वाणगंगा ५ को साप्ताहिक हाटबजार नयाँ व्यवस्थापनमा

रामबहादुर गन्धर्व
मंसिर २३ कपिलवस्तु ।
कोभिड १९ को असरका कारण लामो समय देखि बन्द अवस्थामा रहेको वाणगंगा ५ कोपवाको साप्ताहिक हाटबजार भोली बुधबार देखि पुन संचालनमा आउने भएको छ ।
बजार संचालक समितिले बुधबारबाट नयाँ व्यवस्थापनका साथ पुनः बजार संचालनमा ल्याउने जनाएको छ । आज बसको समितिको बैठकले पुरानो बजार स्थलबाट अब नयाँ स्थानमा स्थानान्त्रण गरी नयाँ व्यवस्थापनका साथ हाटबजार संचालन हुने जानकारी दिएको छ ।
विशेष गरी कृर्षि उपज हाटबजारको रुपमा रहेको सो बजार सञ्चालनका लागि विभिन्न निर्णयहरू गर्दै सञचालक समितिको बैठक आज कोपवामा सम्पन्न भएको थियो । समितिका अध्यक्ष कमल अर्यालको अध्यक्षता र वडा अध्यक्ष भिष्मराज भुसालको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसिर २४ गते नयां स्थानमा विशेष कार्यक्रम सहित बिहान ११.बजे बजारको उदघाटन गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया

खबर सबै