बाणगंगामा पहिलो पटक राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता : ४० बढी समुह प्रतिश्प्रधामा उत्रने

मंसिर २२ कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा मंसिर २४ र २५ गते हुने खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा सोमबार एक प्रत्रकार सम्मेलनको आयोजना गरी खेल आयोजना बारे जानकारी गराइएको हो । करिब ७ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि देशभरबाट ४० बढी समुह प्रतिश्प्रधामा उत्रने छन् । वडा नः ४ को आयोजना तथा शान्ति दिप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते चारनम्बर जितपुर स्थित व्याडमिण्टन कबर्ड हलमा खेल आयोजना गरिदैँ छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ६६ हजार, दोस्रो हुनेले ३३ हजार र तेस्रो हुनेले नगद रु. १६ हजार पाउने क्लवका अध्यक्ष शुसिल सिहं ठकुरीले जानकारी दिएका छन् ।
आगु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुन्नत समाज निमार्णको लागी खेलकुद भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुन लागेको वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया

खबर सबै