
३० कृषकहरुलाई निशुल्कमा ७ किसिमका तरकारीको बीउ वितरण


कपिलबस्तु मंसीर २०, सुरेश कुमार पांण्डेय
कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई निशुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ । वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन शुद्धोधन गाउँपालिका वडा नं. ६ ले सक्रियता लिएको हो ।
शुद्धोधन गाउँपालिका वडा नं. ६ ले ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रममा कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरेको हो । बिभिन्न मौसमि तथा व्यमौसमी तरकारी बालीका बिउ तथा यो सिजनमा हुने तरकारी का बिउ बितरण गरि रहेको छ । वडा नं. ६ भित्र रहेका १५ गाउका ३० स्थानिय कृषकलाई कृषि सम्बन्धी तालिम दिई बीउ वितरण गरिएको शुद्धोधन गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश चौधरीले जानकारी गराउनु भएको छ ।
निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम गरी बीउ वितरण गरिएको वडाध्यक्ष बिजय बहादुर यादव बताउनु भएको छ ।
शुद्धोधन गाउँपालिकाका किसानले वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि लाभान्विन भएका छन् । किसानलाई आवश्यक पर्ने विउ उत्पादन, प्रसोधन र वितरण भएपछि किसानले लाभ लिएका हुन ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया