

कपिलधाम स्थित त्रिरत्न बौद्ध विहार र ध्यानकेन्द्रको सोमबार उद्धघाटन गरिदैँ






मंसिर १४, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित निर्माण गरिएको त्रिरत्न बौद्धविहारको सोमबार औपचारिक अनावरण गरिने भएको छ ।
लुम्बिनी विकास कोष र विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा त्रिरत्न बौद्ध विहार समितिले निर्माण गरेको बुद्धको मुर्ति अनावरण गरिने समितिले जनाएको छ । दिउसो १ बजे आयोजना गरिएको कार्यक्रममा बुद्धको मुर्ति अनावरण सँगै कपिल आरोग्य मन्दिर कपिलधाममा निर्माण सम्पन्न भएको ध्यान केन्द्रको पनि सोही दिन उद्धघाटन गर्ने कार्यक्रम रहेको धामका अध्यक्ष शंकरप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बुद्ध मुर्ति अनावरण र ध्यान केन्द्रको उद्धघाटनका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठी ( भिक्षु मत्तेय ) आउनुहुने भएको छ । कपिलधाम क्षेत्रको सुन्दरीकरण तथा आन्तरिक पर्यटकहरुको आकर्षणको स्थाल बनाउन अहिले सो क्षेत्रको बृहत सुन्दरीकरणको कम भईरहेको छ । कपिल आरोग्य मन्दिर आसपास क्षेत्रमै हाल साहित्य चौतारी कपिलधाम, लुम्बिनी वाङ्मय प्रतिष्ठान स्थापित भईसकेका छन भने हाल बुद्धको मुर्ति निर्माण गरि अझ रौनकता थपिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया