

दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु



दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगितामा ४६ प्रतिस्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न नेपाल पौडी सङ्घ र नेपालगन्ज स्विमिङ क्लबले आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेका छन् । प्रतियोगिता सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन दुवै संस्थाले समन्वय गरिरहेका छन् ।
प्राविधिक निर्देशक खड्काले यस पटक पौडी पोखरीमा अत्याधुनिक कोलोराडो टाइमिङ सिस्टमसहितको स्विमिङ टचप्याड जडान गरिएको जानकारी दिनुभयो । यसले खेलाडीले पूरा गरेको समयको मापनलाई थप सटीक र विश्वसनीय बनाउने उहाँले बताउनुभयो ।
प्रतियोगितालाई राष्ट्रिय स्तरमा पौडी खेलको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै प्रतिभावान् खेलाडी पहिचान गर्ने अवसरका रूपमा लिइएको छ । प्रतियोगितामा पदक जित्ने खेलाडीले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने नेपाल पौडी सङ्घले जनाएको छ ।
नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग र समन्वय गर्ने प्रदेश खेलकुद सङ्घ, विभागीय टोली, एनआरएनए, खेलाडी, प्रशिक्षक, निर्णायक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्नुभयो ।
दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा पौडीसँगै सुटिङ प्रतियोगिता पनि सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन गरिनेछन् । पौडीलगायत केही खेल मङ्सिर ८ गतेदेखि सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतमा गरिनेछ ।


खबर सबै
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी
-
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी
-
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
-
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
-
एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा यूएईमाथि नेपाल ६ विकेटको विजयी
-
रसुवा बाढीपीडितलाई कपिलवस्तुका थारु समुदायको करिब १० लाख सहयोग







प्रतिक्रिया