पाल्पामा लागु औषधसहित एक जना पक्राउ

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–२, बागलुङका २१ वर्षीय मुस्कान छन्त्याललाई पक्राउ गरेको हो ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले बुटवलबाट बागलुङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ प १०४६ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा चालक छन्त्यालले लगाएको हेल्मेटभित्र लुकाएर राखेको अवस्थामा लागु औषधजस्तो देखिने डाइजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल र बुफिन १० एम्पुल गरी ३० एम्पुलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भुसालले जानकारी दिनुभयो ।

छन्त्याललाई पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

खबर सबै