बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह

कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता भएका छन्। गत १५ गते दिउँसो १ ः ३० बजे घरबाट निस्केका उनी साँझ करिब ४ः३० बजेदेखि परिवारको सम्पर्कबाहिर रहेका अधिकारी हालसम्म फेला नपरेको परिवारले जनाएको छ।
परिवारका अनुसार अधिकारी सम्पर्कविहीन भएपछि आफन्त तथा परिवारजनले खोजीकार्य गरिरहेका छन्। तर, अहिलेसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको छोरा लक्ष्मण अधिकारीले बताएका छन् ।
अधिकारीलाई कतै देखेमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
बेपत्ता अधिकारीको खोजीकार्यमा सहयोग पुर्‍याउन परिवारले सबैमा आग्रह गरेको छ। साथै, उक्त सूचनालाई सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याउन सामाजिक सञ्जालमार्फत साझा गरिदिनसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

खबर सबै