गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

गुल्मीमा ट्याक्टरको ठक्करबाट पैदलयात्री १२ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार इस्मा गाउँपालिका–६ मा जैथुमबाट कुखुरे खोला जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले कुञ्जन खत्रीलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको हो ।

खत्रीको शवको स्थलगत मुचुल्का तयार गरी पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै