

सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति



कपिलवस्तु । भोटेकोसी बाढीका कारण रोकिएको सिमलपानीको तीज विशेष सांस्कृतिक उत्सव दसैँ विशेष बनाइएको छ । उक्त कार्यक्रम असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालनमा ल्याइएको हो ।
शितगंगा नगरपालिका–१३, सिमलपानीको संरक्षकत्वमा सिमलपानी सिर्जनशील युवा क्लबको आयोजनामा हुन लागेको तीनदिने उत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका आकर्षक सांगीतिक प्रस्तुति रहनेछन् ।
क्लबको चौथो स्थापना दिवस, विजयादशमी तथा तीजको अवसरमा आयोजना हुने कार्यक्रममा चर्चित कलाकार विशाल रायमाझी, सम्झना रणपाल, अनिता क्षेत्री ९अनु०, जिया भुसाललगायत कलाकारले प्रस्तुति दिनेछन ्।
सांस्कृतिक कार्यक्रमसँगै खुला अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन हुनेछ । क्लबका अध्यक्ष खिमबहादुर बीसीले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै युवाको प्रतिभा उजागर गर्न तथा स्थानीयवासीबीच आपसी एकता र सद्भाव कायम गर्न उत्सव आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै, कार्यक्रम संयोजक राजकुमार बीसीले सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगितालाई आकर्षक तथा व्यवस्थित बनाउन तयारी गरिएको बताउँदै उत्सवले स्थानीय युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गर्नुभयो । भोलिदेखि सुरु हुने भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ र तृतीयले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
सांस्कृतिक संयोजक अनु क्षेत्रीले तीन दिनसम्म सञ्चालन हुने उत्सव कात्तिक १ गते विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित समापन गरिने जानकारी दिनुभयो ।
सांस्कृतिक प्रस्तुति र खेलकुदलाई एउटै मञ्चमा जोडेर आयोजना गर्न लागिएको उत्सवले सिमलपानीको पहिचान उजागर गर्नुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
क्लबले कार्यक्रममा सहभागी भई राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति अवलोकन गर्न र भलिबल प्रतियोगिताको मनोरञ्जन लिन सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया