

चाडपर्वमा २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन



सशस्त्र प्रहरी बल, नेपालले दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।
असोज २२ गतेदेखि लागू योजनाअन्तर्गत देशभर २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ।
थप जनशक्तिलाई आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।
चाडपर्वका समयमा सीमा अपराध नियन्त्रण, नागरिक तथा पर्यटकको सहज आवागमन र विपद् उद्धारलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा नेपाल, भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्तीसमेत भइरहेको छ।
सीमा नाकामा नागरिक, स्वास्थ्य तथा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। काँकडभिट्टा, वीरगञ्ज, बेलहिया र जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचानका लागि तालिमप्राप्त स्निफिङ डगसहितको टोली परिचालन गरिएको छ।
मुख्य राजमार्गमा दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार गर्न एम्बुलेन्ससहितका उद्धार टोली परिचालन गरिएको छ। ठूलो दुर्घटना भएमा धेरै घाइतेलाई एकैपटक अस्पताल पुर्याउन सकिने व्यवस्था पनि गरिएको छ।
प्राकृतिक तथा मानवसृजित विपद्का लागि देशभरका विभिन्न स्थानमा विपद् उद्धार टोली र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पिकेट, चेक प्वाइन्ट, पैदल तथा मोबाइल गस्ती, क्यूआरटी, बम डिस्पोजल टोली, गोताखोर र सीमा गस्ती परिचालन गरिएको छ। संवेदनशील स्थानको निगरानीका लागि ड्रोन तथा सीसीटिभीको प्रयोग गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सुरक्षा योजनाको अनुगमनका लागि छुट्टै टोलीसमेत परिचालन गरिएको छ।
आपत्विपद् वा अन्य समस्या परेका नागरिकले सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ र सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।


खबर सबै
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा
-
चाडपर्वमा २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
-
भर्तापुर आधारभूत विद्यालयको सामाजिक परीक्षण सम्पन्न
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै
-
स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यशोधरा आधारभूत अस्पताल
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे, यस्ताे छ घटस्थापनादेखि विजया दशमीसम्मको शुभसाइत
-
नव प्रभात सहकारीको २३औँ साधारणसभा : ४४ करोड बढी कारोबार, ५५ लाख खुद नाफा
-
देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लबको रक्तदान, ५२ पिन्ट संकलन
-
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै







प्रतिक्रिया