

तिनाउको बाढीले छ घर बगे



लगातारको वर्षासँगै आएको बाढीले बुटवलको नदी तटीय क्षेत्रमा क्षति पुर्याएको छ । रुपन्देहीमा तिनाउ नदीको बाढीले छ वटा घर बगाएको छ भने जोखिममा रहेका स्थानीय बासिन्दालाई कान्ति माध्यमिक विद्यालयमा लगेर राखिएको छ ।
बुटवल उपमहानगरपालिका–११, टप मझुवा क्षेत्रमा तिनाउ नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची गरी छ वटा घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार लगातारको वर्षाका कारण तिनाउ नदी तथा आसपासका खोलामा जलस्तर बढेपछि बाढीले टप मझुवा क्षेत्रका घरमा क्षति पुर्याएको हो ।
बाढीको जोखिम बढेपछि बुटवलको तटीय क्षेत्रका करिब दुई सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नदीको जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सार्ने र जोखिमको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल–११ का वडा सदस्य युवराज रानाले बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बताउनुभयो । स्थानीय प्रशासनले यसअघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो ।


खबर सबै
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया