स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज (असोज १०) स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्य नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए । उनले स्थानीय समयानुसार असोज ८ गते महासभामा सम्बोधन गरेका थिए ।

महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता समेत गरेका थिए ।

प्रतिक्रिया

खबर सबै