

कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने



कृष्णभीरको सडक खुलेसँगै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पूर्ववत मूल्यमै बेच्ने जानकारी दिएको छ ।
संघले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको हो । संघले शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको मूल्यमा मात्र ग्यास बिक्री गर्न आग्रह गरेको हो ।
त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए । त्यस क्रममा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न संघले यसअघि आग्रह गरेको थियो ।
अवरुद्ध सडकमा वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन् । त्यससँगै वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने अवस्था हटेकाले अब अतिरिक्त ढुवानी खर्च नलिन संघले जनाएको छ ।
संघले सबै ग्यास उद्योगीलाई नयाँ मूल्यबारे आफ्ना विक्रेतालाई जानकारी गराउनसमेत आग्रह गरेको छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया