

भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ



रुपन्देही | लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो -विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।
नेपाली नागरिकहरु क्यासिनोमा प्रवेश गरेर जुवा खेल्ने गरेको विषयमा रुपन्देही प्रहरीले कारवाही गर्न नसकेको देखिएको छ । जसकारण डीआइजीको टोलीले रुपन्देहीको क्यासिनोमा कारवाहीको डण्डा चलाउनु परेको छ ।
यसअघि गत वैशाखमा पनि लुम्बिनी प्रदेशका डीआईजीको विशेष टोलीले यही क्यासिनोमा छापा मारेको थियो। त्यस क्रममा जुवा खेलिरहेको आरोपमा १५ जना नेपाली नागरिक र जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीसहित १९ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार,जुवा खेलिरहेको अवस्थामा बिहीवार नियन्त्रणमा लिइएकाहरुमा म्याग्दीको बेनी नगरपालिका–७,बेनी बजारका ४८ वर्षीय नारायण घर्ती,कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन के.सी,पोखरा महानगरपालिका–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य,रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ, बुटवल उपमहानगरपालिका–३, सिमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ र क्यासिनोका पिट म्यानेजर भारतका २५ वर्षीय पारस भाटिया रहेका छन् ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया